Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

साढे २ महिनापछि स्वदेश फर्किदै पूर्वप्रधानमन्त्री खनाल

साढे २ महिनापछि स्वदेश फर्किदै पूर्वप्रधानमन्त्री खनाल

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र १३ २०७८


साढे २ महिनापछि स्वदेश फर्किदै पूर्वप्रधानमन्त्री खनाल

इलाम । मिर्गौला प्रत्यारोपण गरेर पूर्वप्रधानमन्त्री झलनाथ खनाल झन्डै साढे २ महिनापछि स्वदेश फर्किदै छन्। गत असार २ गते उपचारका लागि भारतको नयाँदिल्ली गएका खनाल सोमबार दिउँसो काठमाडौं आइपुग्ने छन्। खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनी भोलि दिउँसो स्वदेश फर्किन लागेका हुन्।  खनालको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

सुरूमा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको हो। खनाल दिल्ली जाने बेलामा नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको थियो। जाने दिन विज्ञप्ति जारी गर्दै खनालले पार्टी एकताका लागि आह्वान गरेपनि नयाँ दिल्लीबाटै उनले नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा राजदूतावासमार्फत् सनाखत गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार