Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न

सूर्योदयमा अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र ७ २०७८


सूर्योदयमा अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न

फिक्कल ।  इलामको सूर्योदय नगरपालिकामा अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न भएको छ । । आगलागी हुँदा सहज रुपमा नियन्त्रणमा कर्मचारीलाई दक्ष बनाउने उद्देश्यले गत ४ गतेबाट सुरु भएको तालिम एक कार्यक्रमका बिच समापन गरिएको हो ।

सूर्योदय नगरपालिकाको आयोजनामा म्याप इन्टरप्रेनियर काठमाण्डौको प्राविधिक सहयोगमा संचालन गरिएको तालिममा अग्नी नियन्त्रक, नगर प्रहरी र प्रहरीहरुलाई आगलागी नियन्त्रणको बारेमा व्यवहारिक ज्ञान समेत प्रदान गरिएको थियो । तालिममा जुद्ध बारुणयन्त्रका पूर्व प्रमुख किसोर भट्टराई र मनोज पुरीले सहजीकरण गरिरहेका छन् ।

नगर प्रमुख रणबहादुर राईले प्रशिक्षकहरुलाई कदरपत्र समेत प्रदान गरेका थिए । नगरले केहि दिन अघि मात्र नयाँ बारुणयन्त्र खरीद गरेको थियो । हाल सूर्योदयसंग २ वटा दमकल रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार