इलाम । इलाम बजारमा संचालित औषधी पसल (फार्मेसी) हरु प्रक्रियागत रुपमा संचालन भएको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईको नेतृत्वमा रहेको अनुगमन टोलीले बजार क्षेत्रका ८ वटा फार्मेसी प्रक्रिया पु¥याएर संचालन गरेको पाएको हो ।
फार्मेसीहरु दर्ता नविकरण, भ्याट नम्बर भएको, खरिद बिल, बिक्री बिल, उत्पादन र म्याद अवधि भएका पाएको जनाइएको छ । म्याद नाघेका औषधीहरु छुट्टै काटुनमा राख्ने गरेका छन् । सामान्य कोभिड–१९ स्वास्थ्य मापदण्ड पालना गरेको अनुगमन टोलीले पाएको छ । अनुगमनका क्रममा शान्ता मेडिकल हलले दर्ता सम्बन्धी कागजातहरु पेश गर्न नसकेकोले ७ दिनभित्र आवश्यक कागजपत्र सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको सहायक प्रजिअ चापागाईले जानकारी दिए ।
चापागाईको नेतृत्वमा भएको अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका कार्यलय प्रमुख पदम कट्टेल, युवराज घोसाई, निरोज राई, इलाम अस्पतालका टिका लुइटेल, जनस्वास्थ्य कार्यालयका बिमल बराल, सुहाङमा लिम्बु, प्रहरी नायव निरिक्षक भिम बस्नेत, उद्योग वाणिज्य संघका छिकिन तामाङ, इलाम नगरपालिकाका सन्जिव भट्टराई, पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराई, ट्राफिक प्रहरी कार्यालयका श्याम थापा सहभागि थिए ।