Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

करेन्ट लागेर सलकपुरकी मैस्याङको मृत्यु

करेन्ट लागेर सलकपुरकी मैस्याङको मृत्यु

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र ७ २०७८


करेन्ट लागेर सलकपुरकी मैस्याङको मृत्यु

रोङ । रोङ गाउँपालिका–६ सलकपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० बर्षीया मैस्याङ तामाङ रहेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो साढे १० बजे आफ्नै पुरानो घरमा घास काट्ने मेशिनमा जोडने क्रममा करेन्ट लागेको हो ।

मेसिन जोड्न जाँदा मेशिन माथी राखेको सुईटर बेरिएपछि निकाल्ने क्रममा करेन्ट लागी घाईते भएकी तामाङको उपचारको लागी लैजान घरमा ल्याई पुर्‍याउँदा दिउसो ११ बजे मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी जिर्मले र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार