फिक्कल । इलामको इलामको सूर्योदय नगरपालिकामा अग्नि नियन्त्रण तथा उद्धार तालिम शुक्रबारबाट शुरु भएको छ । आगलागी हुँदा सहज रुपमा नियन्त्रणमा कर्मचारीलाई दक्ष बनाउने उद्देश्यले आयोजना गरिएको तालिम आउदो ७ गते सम्म संचालन हुनेछ ।
नगरपालिकाले आयोजना गरेका तालिममा नगरका अग्नि नियन्त्रक, नगर प्रहरी, कर्मचारी र प्रहरीको सहभागीता रहेको छ । नगर प्रमुख रणबहादुर राईले तालिमको उद्घाटन गर्दै अत्यन्तै संवेदनशिल बिषयको तालिम भएकाले सिकेर बिपतको समयमा ब्यवहारमा परिणत गर्न तालिमका सहभागीलाई आग्रह गरे ।
तालिम उद्घाटन कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल , आर्थिक समिति संयोजक देवेन्द्र शर्मा, बिओपी पशुपतिनगरका शसस्त्र प्रहरी निरिक्षक नविन खतिवडा, शसस्त्र प्रहरी आईतबारे बेस क्याम्पका प्रहरी निरिक्षक बिश्वराज पोख्रेल लगायतको सहभागीता रहेको थियो ।
म्याप इन्टरप्रेनियर काठमाण्डौले संचालन गरेको तालिममा जुद्ध बारुणयन्त्रका पूर्व प्रमुख किसोर भट्टराई र मनोज पुरीले सहजीकरण गरिरहेका छन् । नगरले केहि दिन अघि मात्र नयाँ बारुणयन्त्र खरीद गरेको थियो ।