चुलाचुली । केही दिन देखि आएको अबिरल बर्षाले चुलाचुलीमा क्षति पु¥याएको छ । बर्षाले गर्दा चाँजुखोलामा आएको वाढिको कारण २ घर जोखिममा परेका छन् । ८ घर प्रभावित भएका छन् । खोला कटान हुँदा भिम राई र पुर्ण नेम्बाङले घरको करिब २० मिटर नजिक सम्म भएको स्थानीयले बताएका छन् ।
एकता टोलमा खोला कटान हुदाँ किसानको सयौ बोट कागती, दुई कठ्ठामा रोपेको धान सहित एक विघामा भन्दा धेरैमा क्षति पुर्याएको स्थानीय विजु लिम्बुले जानकारी दिएका छन् । उद्दार एवं क्षति नियन्त्रणमामा स्थानीय सरकारले सामान्य चासो नदेखाएको स्थानीयले गुनासो गरेका छन् ।