Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलामका सात स्थानीय तहमा कडा निषेधाज्ञा गर्न सिफारिस

इलामका सात स्थानीय तहमा कडा निषेधाज्ञा गर्न सिफारिस

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र १ २०७८


इलामका सात स्थानीय तहमा कडा निषेधाज्ञा गर्न सिफारिस

इलाम : जिल्ला कोभिड संकट व्यवस्थापन समितिले कोरोना भाइरसको संक्रमण बढी भएका जिल्लाका सातवटा स्थानीय तहमा कडा किसिमको निषेधाज्ञा गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । सोमबार बसेको समितिको बैठकले इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका, सन्दकपुर, रोङ र फाकफोकथुम गाउँपालिकामा कडा किसिमको निषेधाज्ञा गर्न सिफारिस गरेको हो ।

समितिले चुलाचुलीमा सामान्य किसिमको निषेधाज्ञा गर्न र देउमाई र माई नगरपालिकामा भने गएको १५ दिन र सात दिनको संक्रमणको अवस्था, संक्रमण परिक्षणको अवस्था हेर्दा जोखिम कम रहेको समितिले सिफारिस गरेको छ ।
समितिले यस्तो सिफारिस गरेपनि जिल्लाको अवस्था फरक रहेकाले खाद्यान्न र बैंकहरु भने केही सहज हुनसक्ने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार