Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

फेरी घरबाटै हराए दुर्गाप्रसाद

फेरी घरबाटै हराए दुर्गाप्रसाद

  • नमीन ढकाल
  • आइतबार, साउन ३१ २०७८


फेरी घरबाटै हराए दुर्गाप्रसाद

इलाम । ४० बर्ष भारतीय जेलमा विताएर नेपाल फर्काइएका इलामको माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिना फेरी हराएका छन् । परिवारका सदस्यलाई जानकारी नगराई हिडेका उनी हालसम्म सम्पर्कमा आएका छैनन् । ‘ सधै विहान घरबाट हिडेर ११/१२ बजे फर्कनुहून्थ्यो तर आज विहान हिड्नुभएको थिएन बेलुका ५ बजे तिर घट्टासम्म पुगेको जानकारी पाएका छौ ।’ गोपालले भने ‘ दिनभरी पानीमा भिज्नुभएको थियो । करिब ४ बजेको समयसम्म घरमा नै हुनुहुन्थ्यो हामी सबै आ–आफ्नो काममा लाग्यौ कति बेला हिड्नुभएछ थाहा नै भएन् ।’

इलाम जान भन्दै हिडेका उनी इलाम नगरपालिका–१० घट्टामा आइपुगेको स्थानीयसंग फोन सम्पर्क गर्दा पत्ता लागेको गोपालले बताए । लुम्बकबाट घट्टासम्म आइपुग्न करिब ३ घण्टा समय लाग्छ । तर दुर्गाप्रसाद १ घण्टामा नै आइपुगेका थिए । केही साता यता उनको स्वास्थ्य अवस्था असामान्य बन्दै गएको गोपालले बताए । इलामको तत्कालीन एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा ९ (हाल फाकफोकथुम गाउँपालिका) बाट २०३७ साल माघमा मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न भनी हिँडेका उनी  हत्याकाे अाराेपमा भारतीय जेलमा रहेको पत्ता लागेपछि गत चैत्र ७ गते रिहा भएर नेपाल आएका थिए ।

कोलकाता हाइकोर्टले महावाणिज्य दूतावासमार्फत् ६÷६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउने गरी रिहा भएका थिए  । चिकित्सकले उनले ९ वर्ष ९ महिनाको बालकको जस्तो बोली–व्यवहार मात्र गर्नसक्ने रिपोर्ट दिएका थिए ।

लामो समय जेलमा बिताएका कारण मानसिक स्वास्थ्यमा समस्या भएपछि १ नम्बर प्रदेश सरकारमार्फत गत बैशाखमा विराटनगरस्थित बिराट मेडिकल कलेजमा १७ दिन अस्पतालमै राखेर उपचार गरिएको थियो । त्यस्तै माई नगरपालिकाले ५० हजार नगद र यातायात खर्च १७ हजार रुपैयाँ प्रदान गरेको थियो । तर थप उपचार नपाएपछि केही साता यता स्वास्थ्यमा समस्या हुँदै आएको थियो ।

‘हिजोआज २÷३ घन्टासम्मको पैदल यात्रा हिड्ने, सुत्ने कोठामा पिसाब गर्ने, जे पायो त्यही खाने, कुद्ने, अश्लिल शब्दहरु बोल्ने र जेलमै पु¥याइदे भन्ने गर्नुहुन्छ’ गोपालले भने ‘ सधै विहान हिडेर घर फर्किर आउनुहुन्थ्यो तर आज बेलुका हिड्नुभएछ अहिले कहाँ हुनुहुन्छ पत्ता लागेको छैन् तर हामीले प्रहरीलाई खोजतलासको लागि जानकारी गराएका छौ ।’

४० बर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसादको अवस्था अझै सुध्रिएन

प्रतिक्रिया
सम्बन्धित समाचार