Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माओवादी केन्द्रद्धारा इलामका ६७ वडामा संगठन निर्माण

माओवादी केन्द्रद्धारा इलामका ६७ वडामा संगठन निर्माण

  • सन्देश सम्बाददाता
  • शनिबार, साउन ३० २०७८


माओवादी केन्द्रद्धारा इलामका ६७ वडामा  संगठन निर्माण

इलाम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इलामले वडाहरुमा संगठन निर्माणको कामलाई तिव्रता दिएको छ । जिल्लाका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकाका ८१ वटा वडामा १० दिने संगठन निर्माण, गठन एवं पुर्नगठन अभियान चलाएको हो कोभिड–१९ को महामारी एवं संकटका कारण साउन २१ देखि ३० भर्चअल माध्यम बाट अभियान संचालन गरिएको थियो । ८१ वडा मध्ये ६७ मा वडा संगठन निर्माण गरिसकेको र १४ मा तयारी अन्तिम चरणमा पुगेको माओवादी केन्द्र इलामले जनाएको छ ।
इलाम नगरपालिकाका ११ वडामा संगठन निर्माण
इलाम नगरपालिकामा १२ वडा मध्ये ११ वडामा संगठन निर्माण कार्य सम्पन्न गरिएको नगर अध्यक्ष प्रभाश शर्माले जानकारी दिए। इलाम नगरपालिका वडा नं १ मा अध्यक्ष हेम प्रसाद राई र सचिव गोविन्द कटुवाल, वडा नं २ मा अध्यक्ष प्रेम तामाङ र सचिव भोलानाथ पोख्रेल, वडा नं। ४ मा अध्यक्ष जय कुमार सोङमी र सचिव कुमार सोङमी, वडा नं ५ मा अध्यक्ष पुन्य बहादुर भट्टराई र सचिव डिल्लि खत्री वडा नं। ६ मा अध्यक्ष नारायण प्रसाद चापागाईं र सचिव पदम लिम्बु रहका छन् ।

त्यसैगरी वडा नं ७ मा अध्यक्ष नारदमणि साङपाङ र सचिव रन्जिता याख्खा जिमि, वडा नं ८ मा अध्यक्ष अमर गड्तौला र सचिव दिपल राई वडा नं ९ मा अध्यक्ष जगत नेम्बाङ र सचिव रुद्र शर्मा वडा नं १० मा अध्यक्ष मेघनाथ न्यौपाने र सचिव चन्द्र पुलामी मगर, वडा नं ११ मा अध्यक्ष नविन फागो र सचिव जिवन घिसिङ, वडा नं १२ मा अध्यक्ष अर्जुन फेजोङ (लिम्बु) र सचिव होमनाथ रिजाल रहेका छ्न् ।
सूर्योदयको १४ मध्ये १० वडामा
सुर्योदय नगरपालिकामा १४ वडा मध्ये १० वडामा संगठन निर्माण गरिएको छ । वडा ४ मा तयारी हुँदै गरेको नगर अध्यक्ष सदिप तामाङले जानकारी गराएका छ्न् । वडा नं १मा अध्यक्ष मणिकुमार बज्राचार्य र सचिव महेश मोदी, वडा नं २ मा संयोजक इन्दिरा घिमिरे, वडा नं ३ मा संयोजक गायत्री सापकोटा, वडा नं ४ मा अध्यक्ष रेवति रिजाल र सचिव पुर्णबहादुर घले, वडा नं ५ मा अध्यक्ष बेलकुमार खड्का र सचिव विरबहादुर गिरि, वडा नं ६ मा अध्यक्ष ठाकुर गड्तौला र सचिव सुवास ढकाल रहेका छन् ।

वडा नं ७ मा संयोजक विष्णु भट्टराई, वडा नं ८ मा संयोजक खेम सापकोटा, वडा नं ९ मा अध्यक्ष तारा दुलाल र सचिव टंक बुढाथोकी, वडा नं १०मा अध्यक्ष विष्णुप्रसाद मैनाली र सचिव सुजन तिम्सिना, वडा नं ११मा अध्यक्ष धनराज राइ र सचिव सावित्रा राई , वडा नं १२ मा अध्यक्ष गोविन राई र सचिव गंगा प्रधान, वडा नं १३ मा अध्यक्ष होमनाथ अधिकारी र सचिव दिपक तामाङ, वडा नं १४ मा अध्यक्ष पदम तामाङ र सचिव चन्द्र मिश्र रहेका छ्न् ।
माईको १० वटै वडामा संगठन
माई नगरपालिकामा १० वटा वडामा नै संगठन गठन एवं पुर्नगठन सम्पन्न गरिएको नगर अध्यक्ष धनकुमार लिम्बुले जानकारी गराएका छ्न् । वडा नं १ मा अध्यक्ष उदय राई (भिम) र सचिव राजेन्द्र राई (राजन), वडा नं २ मा अध्यक्ष नवराज राई र सचिव यज्ञप्रसाद बास्तोला, वडा नं ३ मा अध्यक्ष दिलबहादुर पापो र सचिव जंगबहादुर बस्नेत, वडा नं ४ मा अध्यक्ष लक्ष्मण आले र सचिव देविप्रसाद ढकाल, वडा नं ५ मा अध्यक्ष दिपेन्द्र दास राई र सचिव कमल गन्द्रमा रहेका छन् ।

वडा नं ६ मा अध्यक्ष बलबहादुर योङहाङ र सचिवमा बिरबहादुर लिङदेन, वडा नं ७ अध्यक्ष होमबहादुर वान्तावा राई र सचिव केशर इदिङ्गो, वडा नं ८मा अध्यक्ष मदन लोक्ताम र सचिव सुवास राइ, वडा नं ९ मा अध्यक्ष डम्बर बुढाथोकी र सचिव राजु लोक्ताम, वडा नं १० मा अध्यक्ष ठाकुर प्रसाद खाती सचिव भिम कठेत रहेका छन् ।
देउमाईको ८ वडामा
देउमाई नगरपालिकामा ९ वटा वडा मध्ये संगठन निर्माण गरिएको नगर कमिटी अध्यक्ष अशोक प्रधानले जानकारी गराएका छ्न् । बडा नं २ मा अध्यक्ष होम दुलाल र सचिव आशिष मगर, वडा नं ३ मा अध्यक्ष पदम पोख्रेल र सचीव बुद्दिमान राई, वडा नं ४ मा अध्यक्ष गंगा राई र सचिव कृष्ण दर्जी, वडा नं ५ मा अध्यक्ष राम कार्की र सचिव चन्द्रावती थापा, वडा नं ६ अध्यक्ष भिम रावत र सचिव प्रबिण सुवेदी, वडा नं ७ मा अध्यक्ष राम बान्तवा र सचिव बुद्दिमान राई, वडा नं ८ मा अध्यक्ष भोजराज मगर र सचिव सन्जिब राई, वडा नं ९ मा अध्यक्ष घनश्याम आचार्य र सचीव इन्द्र मिझार रहेका छन् ।
फाकफोकथुमको ७ वटै वडामा
फाकफोकथुम गाउँपालिकामा ७ वटा वडामा संगठन निर्माण गरिएको गाउँ कमिटी सचिव प्रकाश राईले जानकारी गराएका छ्न् । वडा नं १ मा अध्यक्ष भोज बहादुर बोहोरा र सचिव हेमकर्ण निरौला, वडा नं २ मा अध्यक्ष शरद तिम्सिना र सचिव नरेश तामाङ, वडा नं ३ मा अध्यक्ष पदम चाम्लिङ र सचिव मन बहादुर लुङ्गेली, वडा नं ४ मा अध्यक्ष चन्द बहादुर राना र सचिव चन्द्र दंगाली, वडा नं ५ मा अध्यक्ष विष्णु दर्लामी र सचिव राम कृष्ण घिमिरे, वडा नं ६ मा अध्यक्ष माधव पौडेल र सचिव केदारनाथ खनाल साथै वडा नं ७ मा अध्यक्ष जगत लिम्बु र सचिव दिवन राइ रहेका छन् ।
माङ्सेबुङको ६ मध्ये ४ वडामा
माङ्सेबुङ गाउँपालिकामा ६ वडा मध्ये संगठन निर्माण ४ वटा वडामा गरिएको छ । बाँकी रहेको २ वटामा तयारी अन्तिम चरणमा पुगेको गाउँ कमिटी अध्यक्ष लक्ष्मण राई (जनम) ले जानकारी गराएका छ्न् । वडा नं १ मा अध्यक्ष नर बहादुर आङ्देम्बे र सचिव प्रकाश बुढाथोकी, वडा नं २ मा अध्यक्ष पृथिमान जबेगु र सचिव राज कुमार राई, वडा नं ३ मा अध्यक्ष सुरेश राई र सचिब राज कुमार राई(धर्ती), वडा नं ५ मा अध्यक्ष सन्त बहादुर राई र सचिव सन्तोष लावती रहेका छन् ।
चुलाचुलीको ५ वडामा
चुलाचुली गाउँपालिकामा ६ वडा मध्ये ५ वटामा संगठन निर्माण गरिएको छ । बाँकी रहेको वडामा तत्काल गर्ने चुलाचुलीका नेता उद्दव न्यौपानेले जानकारी गराएका छ्न् । वडा नं १ मा अध्यक्ष पृथ्वी राई र सचिव विष्णु सिटौला, वडा नं ३ मा अध्यक्ष बासु गुरागाई र सचिब विक्रम राई, वडा नं ४ अध्यक्ष खगेन्द्र पौडेल र सचिव भगिरथ भट्टराई, वडा नं ५ मा अध्यक्ष पृथ्वीमान राई र सचिव बलमाया लावती साथै वडा नं ६ मा अध्यक्ष दिपक श्रेष्ठ र सचिव गणेश आचार्य रहेका छन् ।

रोङको ५ वडामा
रोङ गाउँपालिकामा ६ वटा वडा मध्ये ५ वटामा संगठन निर्माण गरिएको गाउँ कमिटी अध्यक्ष देउकुमार राईले बताएका छ्न् । वडा नं १ मा अध्यक्ष प्रकाश खाती र सचिव सुवास राई, वडा नं २मा अध्यक्ष पुर्ण गजमेर र सचिव पेम्बा तामाङ, वडा नं ३ मा अध्यक्ष भत्तm खवास र सचिव कमल अर्याल, वडा नं ४ मा संयोजक बसन्ती राई, वडा नं ५ मा अध्यक्ष जिवन भट्टराई र सचिव विर बहादुर गुरुङ साथै वडा नं ६ मा अध्यक्ष सरस्वती विक र सचिव अर्जुन राई रहेका छ्न् ।
माईजोगमाईको ६ वटै वडामा
माइजोगमाइ गाउँपालिकामा ६ वटै वडामा संघठन निर्माण भएको जिल्ला कार्यालय सदस्य विजय राईले जानकारी गराएका छ्न् । वडा नं १ मा अध्यक्ष शालिग्राम पौडेल सचिव मुकेश महरा, वडा नं २ मा अध्यक्ष दुर्गाबहादुर महत सचिव हस्त बहादुर राई, वडा नं ३ मा अध्यक्ष प्रेम तामाङ सचिव राम काफ्ले, वडा नं ४ मा अध्यक्ष मान बहादुर लिम्बु र सचिव विपिन भट्टराई, वडा नं ५ मा अध्यक्ष हस्त बहादुर लिम्बु र सचिव राजन लिम्बु, वडा नं ६ मा अध्यक्ष भिम थेबे र सचिव यादव विक रहेका छन् ।
सन्दकपुरको एउटा वडामा
सन्दकपुर गाउँपालिकामा ५ वटा मध्ये एउटा १ वडामा संगठन निर्माण गरिएको छ । अन्य ४ वडामा तयारी अघि बढाइएको गाउँ कमिटी सचिव जिवन शिवाले जानकारी गराएका छ्न् । वडा नं ३ मा अध्यक्ष कमल प्रसाद दुलाल र सचिव सिपि गड्तौला रहेका छन् माओवादीले हरेक वडामा २९ सदस्यीय संगठन निर्माण गरेको थियो । देशभरि ६७४३ वडामा तत्कालीन नेकपा विभाजन भएर माओवादी र एमाले छुट्टाछुट्टै भएपछि माओवादीले एक साथ संगठन सुदृढीकरण गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार