Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाम बगानका ७३ श्रमिकलाई खाद्यान्न

इलाम बगानका ७३ श्रमिकलाई खाद्यान्न

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन २७ २०७८


इलाम बगानका ७३ श्रमिकलाई खाद्यान्न

इलाम । इलाम चिया बगानमा कार्यरत मजदुरहरुलाई कारितास नेपालले बुधबार राहत सामग्री वितरण गरेको छ । कारितास जर्मनीको आर्थिक सहयोग, मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूह प्याग नेपालसँगको साझेदारी र इलाम नगरपालिकाको समन्वयमा ७३ जना मजदुरलाई राहत सामाग्री वितरण गरिएको हो ।

कोरोनाका कारण रोजगारी गुमाएका मजदुर परिवारलाई जिविकोपार्जनमा समस्या भएपछि राहत वितरण गरिएको जनाइएको छ । मजदुरहरुलाई चामल, तेल, दाल, नुन, न्यूटेला लगायतका सामग्री वितरण गरिएको थियो । प्रति मजदुर २५ सय रुपैयाँ बराबरको राहत वितरण गरिएको कारितास नेपालले जनाएको छ ।

कार्यक्रममा कारितास नेपालका प्रदेश नं। १ का प्रमुख देवेन्द्र पोख्रेल, इलाम नगरपालिकाका वडा नं ५ का वडाध्यक्ष एवं प्रवक्ता ठाकूरनारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । यसरी नै सोक्तिम चिया बगानमा कार्यरत ६५ जना मजदुरलाई विहीबार बगानमै पुगेर राहत वितरण गरिने कारितास नेपालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार