Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

राति ठूलो पानी पर्ने र दिउँसो घाम चर्कने किन भइरहेको छ ?

राति ठूलो पानी पर्ने र दिउँसो घाम चर्कने किन भइरहेको छ ?

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन २१ २०७८


राति ठूलो पानी पर्ने र दिउँसो घाम चर्कने किन भइरहेको छ ?

काठमाण्डौ । केही दिनदेखि बिहान र दिउँसो गर्मी बढ्ने तथा राति ठूलो पानी पर्ने गरेको छ । जलवाष्पयुक्त हावाको कारण यस्तो हुने गरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। उनका अनुसार दिउँसो तातेको हावा बेलुकीपछि बिस्तारै चिसो हुँदै जाने र बाफ बन्ने गर्छ । त्यही बाफ पानीका रुपमा परिणत भएर वर्षा हुने गरेको छ ।

कहिलेकाहीँ रातिको समयमा पानी पार्ने कुनै प्रणाली भित्रने र बिहान बाहिरिने भएकाले बिहान र दिउँसो मौसम सफा हुने र राति एक्कासी पानी पर्ने गर्छ । यो स्वाभाविक प्रक्रिया भएको उनको भनाइ छ । तर, अहिले नेपालमा बिहानीपख बाहिरिने र बेलुकातिर भित्रने प्रणाली नभए पनि भारतको बिहारमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण दिउँसो पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार