फिक्कल । सूर्योदय नगर उपप्रमुख दुर्गादेवी भट्टराई नेकपा एमाले स्थानीय तह विभाग सदस्य मनोनिति भएकी छन् । नेकपा एमाले स्थायी कमिटिको साउन १९ गतेको बैठकले विभिन्न ९ केन्द्रिय विभागहरु गठन गर्दा भट्टराईले स्थानीय तह विभाग सदस्य पाएकी हुन् ।
भट्टराई सदस्य रहेको स्थानीय तह विभागको नेतृत्व देवेन्द्र कँडेल रहेका छन् । विष्णु पौडेलको नेतृत्वमा १४ सदस्यीय संगठन विभाग, सुवास नेम्वाङको नेतृत्वमा १४ सदस्यीय संसदीय विभाग, विष्णु रिमालको नेतृत्वमा दुई सदस्यीय आर्थिक विभाग, प्रदीप ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय प्रचार विभाग गठन भएको छ ।
त्यस्तै, भानुभक्त ढकालको नेतृत्वमा १५ सदस्यीय पर्यटन प्रयोजन विभाग, केपी शर्मा ओलीको नेतृत्वमा ११ सदस्यीय पार्टी स्कुल विभाग, राजन भट्टराईको नेतृत्वमा १४ सदस्यीय विदेश विभाग, अग्नी खरेलको नेतृत्वमा ६ सदस्यीय निर्वाचन विभाग र गठन भएको छ ।