फिक्कल । इलामको सूर्योदय नगरपालिकामा ‘नेपाल चियाको दिगो निर्यात अभिवृद्धि’ परियोजना बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । चिया तथा कफि विकास बोर्डको आयोजनामा भएको अन्तरक्रियामा सूर्योदय नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा भएको हो ।
परियोजनाले चिया कारखाना,चिया किसानहरुलाई अर्गानिक प्रमाणिकरणमा सहयोग गर्ने,ट्रेड मार्क प्राप्त चिया कारखानाहरुलाई प्याकेजिङ तथा चियाको बजारीकरणका लागि समेत सहयोग गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख रण बहादुर राईले उक्त परियोजना यस नगरपालिकामा संचालन गर्न आवश्यक पर्ने सबै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा परियोजना प्रमुख, वडा नं ९ का वडाध्यक्ष देवेन्द्र शर्मा, चिया तथा कफी विकास वोर्ड सदस्य पुनम वान्तवा, सूर्योदय टि एसोसिएसनका अध्यक्ष उत्तम कुमार श्रेष्ठ, लगायत ट्रेडमार्क प्राप्त चिया कारखानाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।