Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

रोङ गाउँपालिकामा १ सय २८ थान च्यापटकर वितरण

रोङ गाउँपालिकामा १ सय २८ थान च्यापटकर वितरण

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन १९ २०७८


रोङ गाउँपालिकामा १ सय २८ थान च्यापटकर वितरण

रोङ । इलामको रोङ गाउँपालिकाले गत आर्थिक बर्ष २०७७/७८ मा स्विकृत योजना अनुसार च्यापकटर वितरण गरेको छ । पशु शाखा अन्र्तगत स्विकृत कार्यक्रमबाट दर्तावाला समुह, समिति र फर्मलाई ७५ प्रतिशत अनुदानमा १२८ थान च्यापकटर वितरण गरेको हो ।

पशु सेवा शाखाबाट ३९ थान, उद्यम विकास शाखा (मेडपा) बाट ५ थान र वडा नं ६ को कार्यालयबाट ८४ थान वितरण गरिएको थियो । गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईको अध्यक्षतामा भएको वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्शेर राई, प्रमुख प्रशासकिय अधिकृत प्रयास भट्टराई लगायतले किसानहरुलाई च्यापकटर वितरण गरेको पशु शाखा प्रमुख रिञ्जी शेर्पाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार