Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

खेती बढेसँगै किबिका बिरुवाको माग बढ्यो

खेती बढेसँगै किबिका बिरुवाको माग बढ्यो

  • सन्देश सम्बाददाता
  • शुक्रबार, साउन १५ २०७८


खेती बढेसँगै किबिका बिरुवाको माग बढ्यो

इलाम । एक दर्जन बढी स्वाद पाइने किबि फलको खेतीमा किसानको आकर्षण बढेसँगै किबि फलका बिरुवाको नर्सरीबाट किसानले आम्दानी लिन थालेका छन् ।
नेपालसँगै भारत र भुटानमा किबि खेतीको विस्तार भएपछि इलाममा किबिका विरुवाको माग बढेको छ ।
एक दशक अघि सिमित क्षेत्रमा मात्रा खेती हुँदै आएको किविको विस्तारसंगै विरुवाको माग बढेपछि किसानहरुको किबिका बिरुवा नर्सरीमा आर्कषण समेत बढेको छ । सरकारले इलामका इलाम नगरपालिका र सन्दकपूर गाउँपालिका भित्र किबि खेती विस्तारसँगै व्यवसायीकरण गर्न किबि जोन घोषणा गरि किसानलाई बिरुवा उत्पादनमा पनि सहयोग गर्दै आएको छ ।
नेपाल भारत र भुटानको पहाडी क्षेत्रमा किबि खेती विस्तार बढेपछि इलामको किवि वस्तीको रुपमा चिनिएको सुलुबुङ क्षेत्रका किसानहरुले अहिले व्यवसायिक किवि खेतीसंगै विरुवा उत्पादनबाट आम्दानी लिन थालेको किबि खेतीका अगुवा किसान तारामण खतिवडाले बताए ।
भारत र भुटानबाट बिरुवाको माग गरेपछि घरैपिच्छे किसानहरुले किविको नर्सरी राखेका छन् । ५ वर्ष अघि किबिका बिरुवा प्रतिगोटा ७ सय रुपैयाँमा किनबेच हुँदै आएपनि अहिले तीन सय ५० सम्ममा बिक्रि हुँदै आएको छ ।
किसान आफैले नर्सरी राख्ने काम गरेपछि मागका आधारमा आपुर्ति गर्न सक्ने अवस्थामा किसानहरु पुगेका छन् । कोरोना महामारी अघिसम्म भारत र भुटानमा समेत किविको विरुमा निर्यात हुँदै आएको थियो ।
किविको विरुवा पुस महिनामा रोपिन्छ । यसको फल कात्तिकदेखि मंसिर महिनासम्म पाक्छ । रोपेको ३ वर्षबाट उत्पादन दिन सुरु गर्ने सो बिरुवाले लगातार ५० वर्षसम्म राम्रो उत्पादन दिने किबि किसानको भनाइ छ ।
चीनबाट पहिलो उत्पादन सुरु भएको किविको अहिले विश्वका विभिन्न देशमा व्यवसायीक रुपमा खेति हुँदै आएको छ । विभिन्न १७ प्रकारका भिटामीन पाइने किवि फलमा सुन्तलामा भन्दा बढी भिटामीन ‘सी’ र केरामा भन्दा पनि बढी भिटामीन ‘ई’ पाइने गरेको छ । किविको बजारिकरणसँगै वेर्ना उत्पादनले किसानहरुको आयस्तरमा समेत सहयोग पु¥याएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार