Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाम अस्पतालले सुरु गर्‍यो सबै बिरामीलाई भिडियो एक्सरे सेवा

इलाम अस्पतालले सुरु गर्‍यो सबै बिरामीलाई भिडियो एक्सरे सेवा

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन १४ २०७८


इलाम अस्पतालले सुरु गर्‍यो सबै बिरामीलाई भिडियो एक्सरे सेवा

इलाम । इलाम अस्पतालले सबै बिरामीलाई भिडियो एक्सरेको सेवा दिन सुरु गरेको छ । भिडियो एक्सरेको लागि दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नभएको भन्दै अस्पतालले स्त्रीरोग बाहेकका अन्य बिरामीहरुलाई निजी क्लिनिकमा पठाउने गरेको थियो ।

सोही बिषयलाई लिएर विभिन्न सञ्चारमाध्यमममा समाचार प्रकाशन गरे पश्चात यो सेवा सुचारु गरिएको हो । यो भन्दा अगाडि स्त्रीरोगका बिरामीले मात्र लामो समयदेखि अस्पतालबाट भिडियो एक्सरेको सेवा पाउँदै आएका थिए । आर्थिक अवस्था कमजोर रहेका बिरामी चर्को शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य भएपछि यस विषयमा धरैको गुनासा आएका थिए ।

हाल भने दिउसो १ बजेबाट २ बजेसम्म स्त्रीरोगका बिरामीको र २ बजेपछि अन्य बिरामीको भिडियो एक्सरे हुँदै आएको अस्पताल प्रशासनले जनाएको छ । प्रशासनका अनुसार डाक्टर प्रभु शाह र विश्रुत सापकोटाले भिडियो एक्सरे गर्दै आएका छन् । नयाँ बुलन्दबाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार