इलाम । इलाममा थप ५७ जनामा कोरोना देखिएको छ । आज इलाम नगरपालिकाका ३४ जना, सूर्योदय नगरपालिकामा १४ जना,सन्दकपुर गाउँपालिकामा ५ जना,देउमाई नगरपालिकामा ३ जना र फाकफोथुम गाउँपालिकामा १ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यलय इलामले जनाएको छ।
संक्रमित मध्ये ९३४ जना होम आइशोलेशनमा रहेका छन् भने १३ जना सामान्य उपचारमा र ९ जनाको आइसियु मा उपचार भइरहेको छ। आज थपिएका सगै इलाममा संक्रमितको कुल संख्या ३२७५ पुगेको छ। २२५१ जना संक्रमणमुक्त भएका छन् । इलाममा संक्रमणबाट ६८ जनाको मृत्यु भएको छ ।