Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

च्याउ खाएर इलाममा बुबा र छोराको मृत्यु

च्याउ खाएर इलाममा बुबा र छोराको मृत्यु

  • लिला सुब्बा
  • शुक्रबार, साउन ८ २०७८


च्याउ खाएर इलाममा बुबा र छोराको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा विषालु च्याउ खाएर एकै परिवारका २ जनाको मृत्यु भएको छ । वडा नं १ को लुङ्सुङदानका ५१ बर्षिय लेखबहादुर लिम्बु र उनका छोरा १३ बर्षिय दिवश लिम्बुको ज्यान गएको हो । बुधबार विहान जंगलबाट खोजेर ल्याएको च्याउ खाएर बेहोस भएका दुवै जनालाई उपचारको लागि नोबल मेडिकल कलेज विराटनगरमा भर्ना गरिएको थियो ।

उपचार सम्भव नभएपछि घर ल्याउने क्रममा लेखबहादुरको विहिबार अपराहन्न ११ बजे र दिवसको विहिबार राती मृत्यु भएको फाकफोकथुम प्रहरी इन्चार्ज मदन बस्नेतले जानकारी दिए । उनका अनुसार मृतक लेखबहादुर छोरा दिवसले मात्र च्याउ खाएका थिए । श्रीमती र बुहारीले भने मासु पकाएर खाएका थिए । मृतक दुवै जनाको आज सामुहिक दाहसंस्कार गरिएको बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार