Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सहसम्पादक ढकाललाई  ओलम्पिक लेखन पुरस्कार

सहसम्पादक ढकाललाई  ओलम्पिक लेखन पुरस्कार

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन ७ २०७८


सहसम्पादक ढकाललाई  ओलम्पिक लेखन पुरस्कार

इलाम । लाेकल सन्देशका सह-सम्पादक  नमिन ढकाल प्रदेश स्तरिय ओलम्पिक लेखन प्रतियाेगिताकाे विजेता बनेका छन् । स्पार्टस फर अल कमिसनकाे समन्वयमा नेपाल पत्रकार महासंघ झापाकाे आयाेजनामा भएकाे लेखन प्रतियाेगितामा ढकालले लेखेकाे प्रमिलाकाे यात्रा: इलामकाे लुम्बक देखि लन्डन ओलम्पिक उत्कृष्ट ठहरिदै नगद ११ हजार र सम्मान पत्र प्राप्त गरेकाे हाे ।
ताप्लेजुङका खगेन्द्र अधिकारी द्वतिय बन्दै नगद ७ हजार, झापाका हिमाल खरेल तृतिय बन्दै ५ हजार र पाँचथरका भिमकुमार बास्काेटा सान्त्वना घाेषित हुँदै २ हजार प्राप्त गरे । एक समारोहका बिच पत्रकार महासंघको कार्यालयमा विजेताहरूलाई पुरस्कृत गरेकाे छ । कमिसनका प्रदेश संयाेजक एवम विर्तामोड नगरपालिका -३ का वडाध्यक्ष भाेजराज सिटाैला, महासंघका अध्यक्ष एकराज गिरी, प्रदेश संचार प्रतिष्ठानका सदस्य गाेपाल काफ्ले लगायतले पुरस्कार हस्तान्तरण गरेका छन् । साेहि समारोहमा काेभिड संक्रमित झापाका पत्रकारलाई लेखनवृति प्रदान गरेका छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार