Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

प्रवासी साङरुम्बेली समाजद्वारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

प्रवासी साङरुम्बेली समाजद्वारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन २ २०७८


प्रवासी साङरुम्बेली समाजद्वारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

इलाम । प्रवासी साङरुम्बेली समाजले सागरुम्बा स्वास्थ चौकीलाई विभिन्न परिणाममा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । साङरुम्बेली समाज दुबई, साङरुम्बेली समाज मलेसिया, साङरुम्बेली समाज कोरिया र अमेरिकाबाट धनबहादुर योङहाङ, युकेबाट निडुप तामाङलगायत सारुम्बा घर भई प्रवासमा रहेकाहरुले स्वास्थ्य चौकीलाई सामग्री उपलब्ध गराएका हुन् ।

स्वास्थ्य चौकीलाई ५० हजार २ सय ५० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो । स्वास्थ्य चौकीलाई फ्रिज, अटो केल्प, स्टेचर, प्रेसर नाप्ने मेसिन एकरएक थान र पीपीई सेट ७ थान उपलब्ध गराएको हो । उनीहरुले यसअघि २ लाख ५३ हजार रकम अभियानबाट संकलन गरेका थिए । १ लाख रुपैयाँ अक्षय कोष खडा गरिने जानकारी गराइएको छ ।

वडा अध्यक्ष लाखमान लिङदम, वडासचिव इन्द्र घिमिरे, साङ्म्बा माविका प्रधानाध्यापक मातृका विक, समाजेवी कुमार पौडेल कान्छा, धनकुमारी तामाङ लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरेको हो । यसअघि नै एक लाख बराबर को राहत उपल्बध गराइसकेको दुवई बाट अभियान्ता दिप किशोर लिङ्गदम ले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार