Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा विपक्षी गठबन्धनको खुशियाली, ओली पक्षबाट प्रधानन्यायधिशको पुत्ला दहन

इलाममा विपक्षी गठबन्धनको खुशियाली, ओली पक्षबाट प्रधानन्यायधिशको पुत्ला दहन

  • सन्देश सम्वाददाता
  • सोमबार, असार २८ २०७८


इलाममा विपक्षी गठबन्धनको खुशियाली, ओली पक्षबाट प्रधानन्यायधिशको पुत्ला दहन

इलाम : संसद पुर्नःस्थपना भएको खुशीयालीमा विपक्षी गठबन्धनले दिप प्रज्वलन गरेको छ । विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनको आयोजना इलाम चोकबजारमा दिपप्रज्वलन गरिएको हो । दिप प्रज्ज्वलनको सुभारम्भ नेपाली कांग्रेसका नेता हरि खनाल, माओबादी केन्द्रको नेता टीका घिमिरे र जनता समाजबादी जिल्ला नेता छिकिन तामाङले संयुक्त रुपमा गरेका थिए ।

दिपप्रज्वलन पछिको कोणसभालाई नेपाल विद्यार्थी संघका सभापति प्रकाश भट्टराई र अखिल क्रान्तिकारीका अध्यक्ष विपिन पोख्रेलले सम्बोधन गरेका थिए ।
अदालतको फैसलाको विरुद्धमा प्रदर्शन
सर्वोच्च अदालतले दलीय व्यवस्था मासेर फैसला गरेको भन्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघ इलामले आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको पुत्ला दहन गरेको छ । नेकपा एमालेको पार्टी कार्यालयबाट नारा जुलुस गर्दै चोक वजारमा पुगेर प्रधानन्यायाधीश जवराको पुत्ला दहन गरेका हुन ।

https://www.facebook.com/100003096960140/videos/492327228732985

पुत्ला दहन पछि भएको क‍ोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा नेकपा एमालेका युवा नेता रबिन्द्र सुबेदीले सर्वोच्च अदालतको आजको फैसलाले दलीय व्यवस्था मास्दै सक्तिपृथकिकरणको सिद्धान्त विपरीत जनताको अधिकार कुण्ठित गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार