Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

‘जसुदा स्मृति पुरस्कार’ सोम सुसेलीलाई

‘जसुदा स्मृति पुरस्कार’ सोम सुसेलीलाई

  • सन्देश सम्वाददाता
  • सोमबार, असार २८ २०७८


‘जसुदा स्मृति पुरस्कार’ सोम सुसेलीलाई

इलाम । यस वर्षको जसुदा स्मृति पुरस्कार पत्रकार सोम सुसेलीलाई प्रदान गरिने भएको छ । जसुदा खाकीका स्मृतिमा भानु प्रतिमा संरक्षण तथा साहित्य संवद्र्धन समितिद्वारा स्थापित सो पुरस्कारमा रु दशहजारसहित सम्मानपत्र रहने छ । २०४७ सालमा झापाको पत्रिका ‘साप्ताहिक विचार’बाट पत्रकारिता सुरुवात गरेका सुसेलीले सोही पत्रिकामा काम गरेका थिए ।

उनले गोरखापत्र दैनिक, एभिन्यूज टेलिभिजन, इमेज टेलिभिजन र न्युज ट्वान्टी फोर टेलिभिजनसमेत इलाम संवाददाताका रुपमा काम गरिसकेका छन । हाल नेपाल वाणी एफएमका स्टेशन म्यानेजर र इलाम एक्सप्रेस दैनिकका प्रधानसम्पादकका रुपमा कार्यरत छन् ।

हरेक बर्ष असार २९ भानु जयन्तीका दिन प्रदान गर्दै आएकोमा यस बर्ष कोभिडको परिस्थितीलाई ध्यानमा राख्दै अनुकुल समय बनाएर हस्तान्तरण गरिने भानु प्रतिमा संरक्षण तथा साहित्य संवद्र्धन समितिका अध्यक्ष बिमल बैद्यले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार