Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

किसानहरुको गुनासोपछि नयाँबजार चिज उत्पादन केन्द्रको अनुगमन

किसानहरुको गुनासोपछि नयाँबजार चिज उत्पादन केन्द्रको अनुगमन

  • सन्देश सम्वाददाता
  • शनिबार, असार २६ २०७८


किसानहरुको गुनासोपछि नयाँबजार चिज उत्पादन केन्द्रको अनुगमन

नयाँबजार । माईजोगमाई गाउँपालिका वडा नं–१ नयाँबजारमा रहेको नयाँबजार चिज उत्पादन केन्द्रको गाउँपालिकाबाट अनुगमन भएको छ । गाउँपालिका अध्यक्ष जित बहादुर राईको नेतृत्वले उक्त संस्थानको अनुगमन गरेको हो । गाउँपालिकाको विभिन्न क्षेत्रबाट दैनिक २ हजार लिटर भन्दा बढि दुध संकलन हुने केन्द्र प्राविधिक समस्याको कारण बन्द रहेको थियो ।

स्थानीयबासिन्दा र स्थानीय सरकारको सक्रियतामा संस्था अहिले पुनः संचालनमा रहेकोछ । गाउँपालिका भरिका किसानहरुको दुध खरिद गर्दै आइरहेको संस्थानको बिषयमा गुनासो आउन थालेपछि अनुगमन गरिएको हो । किसानहरुले मुख्य आर्थिक स्रोतको रुपमा रहेको दुधले बजार पाएको संस्थानका प्रमुख हेम थाम्सुहाङले बताए । किसानहरुको सवालमा संस्थानका कर्मचारीहरुबाट गल्ती नहुने थाम्सुहाङले प्रतिवद्धता जनाए ।

संस्थानले आफ्नै भ्याकुम मेसिन समेत संचालनमा ल्याएको छ । नयाँबजार चिज उत्पादन केन्द्रको चिज प्रदेश एकमा लोकप्रिय रहेको छ । माईजोगमाई गाउँपालिकाले किसानहरुको हकहितको लागि काम गर्दै आइरहेको र हाल बिभिन्न क्षेत्रमा च्यापकटर, उन्नत घाँस र पशु औषधि वितरण गर्दै आएको छ ।

गाउँपालिकाले कृषि तथा पशु क्षेत्रको लागि चालु आर्थिक बर्षमा भन्दा आगामी आर्थिक बर्षमा बढि जोड दिइएको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार