इलाम । आज साँझ करेन्ट लागेर अर्जुनधारा ६ मा एक जना निर्माण मजदुरको मृत्यु भएको छ । साँझ ५ः१५ बजे अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरुङको एकतले घरको छत ढलान गरी ढलानको भाईब्रेटर मेसिनको तार फुस्काउने क्रममा अचानक करेन्ट लागेर इलामको सन्दकपुर गाउँपालिका–२ का ३८ बर्षिय आयुष राईको मृत्यु भएको हो ।
हाल बिर्तामोड १ बस्ने राई करेन्ट लागेर घाईते भएपछि उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुर्याउनुअघि नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव अस्पतालमा रहेको र अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।