Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माङसेबुङमा १० घन्टाको अन्तर श्रीमान्–श्रीमतीको निधन !

माङसेबुङमा १० घन्टाको अन्तर श्रीमान्–श्रीमतीको निधन !

  • सन्देश सम्वाददाता
  • बिहिबार, असार २४ २०७८


माङसेबुङमा १० घन्टाको अन्तर श्रीमान्–श्रीमतीको निधन !

इलाम । कोरोना संक्रमणका कारण इलाममा बिहीबार एकैदिन श्रीमान् श्रीमतीको निधन भएको छ । १० घन्टाको अन्तरमा माङसेबुङ गाउँपालिका ५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीय लक्षीहाङमा लावतीको निधन भएको हो । टेकबहादुरको विहीबार विहान ५ बजे र लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको स्थानीय पत्रकार काकीराम लावतीले जानकारी दिए ।

लावती परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै सन्त्रास फैलिएको छ । उनीहरु विगत ५ दिनदेखि कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्दै आएका थिए । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाती समेत कोरोना संक्रमित छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।

इलाममा विहीबार थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या २ हजार १ सय ४४ पुगेको छ । संक्रमितमध्ये १ हजार ७ सय २१ जना निको भइसकेका छन् । संक्रमितमध्ये ५२ जनाको यसअघि नै निधन भइसकेको थियो । जिल्लाभर ३ सय ७१ जना संक्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार