इलाम । इलामका कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै गएको छ । निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोना भाइरसको संक्रमण पनि बढ्दै गएको हो । जिल्लामा आज एकै दिन ४१ जनामा संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकामा १५ जना, सन्दकपुर गाउँपालिमा १९ जना, देउमाई नगरपालिकामा ४ जनामा संक्रमण देखिएकाे छ ।
सूर्योदय नगरपालिकामा १ जना, माङसेबुङ गाउँपालिकामा १ जना र माइ नगरपालिकामा १ लाई संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । इलाममा हालसम्म १ हजार ४ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणबाट १ हजार ४ सय ९९ जना मुक्त भएका छन् यसरी नै इलाममा हालसम्म संक्रमणबाट ४८ जनाको मृत्यू भएको प्रशासनले जनाएको छ ।