Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

फुएतप्पामा निर्माणाधिन माङ्गहिम अन्तिम चरणमा

फुएतप्पामा निर्माणाधिन माङ्गहिम अन्तिम चरणमा

  • लिला सुब्बा
  • सोमबार, असार १४ २०७८


फुएतप्पामा निर्माणाधिन माङ्गहिम अन्तिम चरणमा

फाकफोकथुम । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाको लिम्बुगाउँमा नेपालकै सवैभन्दा ठुलो किरात माङ्गहिम (लाम्सुप सधादेन एमायु) निर्माण कार्यले तिव्रता पाएको छ । माङ्गहिमको करिब ८० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।

किरातीहरुको आस्थाको केन्द्रको रुपमा विकास गर्ने लक्ष्य अनुसार समाज सुधारक फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको तत्कालीन गजुरमुखी, लुम्दे ,फुएतप्पा,आमचोक फाकफोक र एकतप्पा गाबिसको केन्द्र बिन्दुमा २०६९ सालबाट मन्दिर निर्माण थालिएको थियो । स्थानीय साधन स्रोत र स्थानीय स्तरबाट चन्दा जुटाएर बहुवर्षीय योजना तयार अनुसार निर्माण कार्य भइरहेको किरात माङ्गहिम संरक्षक समितीका अध्यक्ष रत्न लिम्बुले बताए ।

माङ्गहिम निर्माणको लागि सदस्य धिरेन शर्मा (रमण) को संसद विकास कोषबाट आर्थिक बर्ष २०७६÷०७७ मा दश लाख र प्रतिनिधिसभा सदस्य सुवास नेम्बाङको आर्थिक बर्ष २०७७÷०७८ को सांसद विकास कोषको १० लाख रुपैया विनियोजना गरिएको थियो । वडा र गाउँपालिकाका साथै स्थानीयबाट संकलन भएको करिब ५० लाख रुपैयाबाट खर्च भएको लिम्बुले बताए ।

चार रोपनी जग्गा मध्ये तिन रोपनीमा बनाएको मंन्दिर नेपालकै सबैभन्दा ठूलो किरात मंन्दिर रहेको किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डेकेन्द्र सिं थेगिम(लिम्बु)ले बताए । उनका अनुसार यसअघि एकतप्पाको किरात माङ्गहिमलाई सबैभन्दा ठुलो मानिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार