Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माङसेबुङमा ‘उज्यालो घर अभियान’को काम तीब्र

माङसेबुङमा ‘उज्यालो घर अभियान’को काम तीब्र

  • सन्देश सम्वाददाता
  • शनिबार, असार १२ २०७८


माङसेबुङमा ‘उज्यालो घर अभियान’को काम तीब्र

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले संचालन गरेको ‘उज्यालो घर अभियान’ अन्तर्गत विद्युत विस्तारको काम तीब्र पारेको छ । वडाको सबै टोल वस्ती र घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार गरिसक्ने नीति अनुसार अहिले वडा नम्बर ३ मा विद्युत विस्तारको काम तीब्र बनाइएको वडा अध्यक्ष मैतराज राईले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा वडाको विभिन्न टोलमा अहिले विद्युत विस्तारको काम भइरहेको छ । ८ सय २४ घरधुरी रहेको सो वडाका करिब साढे ४ सय घरधुरीमा यसअघि नै केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भइसकेको छ ।त्यस्तै भौगोलिक वनावटका कारण केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार हुन सम्भव नभएका १५ घरमा वैकल्पिक उर्जा प्रवर्द्धन कार्यक्रम अन्तरगत सोलार प्यानल वितरण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार