Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकाका उत्कृष्ट कर्मचारी पुरस्कृत

इलाम नगरपालिकाका उत्कृष्ट कर्मचारी पुरस्कृत

  • सन्देश सम्वाददाता
  • बिहिबार, असार १० २०७८


इलाम नगरपालिकाका उत्कृष्ट कर्मचारी पुरस्कृत

इलाम : इलाम नगरपालिकाका उत्कृष्ट पाँच कर्मचारीहरुलाई पुरस्कृत भएका छन् । नवौं नगरसभाको अवसरमा नगरपालिकाले कर्मचारीहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुने कर्मचारीहरुमा न्यायिक समितिका अधिकृत कमल भण्डारी, सब इन्जिनियर पुजन ताम्राकार, वडा सचिव रबिन्द्र घिमिरे, स्वास्थ्यकर्मी एलिस पौड्याल र कार्यालय सहयोगी गोपाल बस्नेत रहेका छन् ।

पुरस्कृत कर्मचारीहरुलाई नगरसभामा नगद २५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । नगरले नगरसभाको अवसर पारेर बर्सेनी उत्कृष्ठ काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार