Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सीमा क्षेत्रको संयुक्त सर्भे नहुँदा पूर्वाधार निर्माणमा समस्या

सीमा क्षेत्रको संयुक्त सर्भे नहुँदा पूर्वाधार निर्माणमा समस्या

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असार ४ २०७८


सीमा क्षेत्रको संयुक्त सर्भे नहुँदा पूर्वाधार निर्माणमा समस्या

इलाम । नेपाल-भारत सीमा क्षेत्रको संयुक्त सर्भे नहुँदा सीमा क्षेत्रका जनताका सुविधाका लागि छनौट भएको पूर्वाधारको योजना निर्माण गर्न समस्या हुने गरेको छ ।इलामको नेपाल भारत सीमा क्षेत्रमा पर्ने मानेभञ्ज्याङ्देखि सन्दकपुरको आहालगैरीसम्म छनौट भएका योजना कार्यान्वयनमा पटकपटक समस्या हुँदै आएको छ

। नेपाल-भारत सीमा छुट्टयाउने सीमास्तम्भ भए पनि दुवै देशका अधिकारी सम्मिलित संयुक्त सीमा सर्भे नहुँदा विकासका योजना कार्यान्वयनमा चुनौति थपिएको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताइन् । प्रदेश र स्थानीय सरकारले सीमा क्षेत्रका जनताका लागि विकासका योजना छनौट गरे पनि सीमा यकिन नभएको भन्दै भारतीय सीमा सुरक्षा बलले निर्माणको काम रोक्दै आएको छ ।

सीमा पिलरले प्रष्ट रुपमा दुई देशको सीमा छुट्टयाए पनि भारतीय अधिकारीको संयुक्त टोलीको सर्भेपछि मात्रै काम गर्नुपर्ने अडान राखिँदै आएको छ । इलाम जिल्लाको नेपाल(भारत सीमा क्षेत्र साढे ५२ किलोमिटर लामो छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार