Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय–१ विभाजन गर्न एमालेको प्रस्ताव

सूर्योदय–१ विभाजन गर्न एमालेको प्रस्ताव

  • सन्देश सम्वाददाता
  • बिहिबार, असार ३ २०७८


सूर्योदय–१ विभाजन गर्न एमालेको प्रस्ताव

फिक्कल । नेकपा एमाले सूर्योदय नगरपालिका–१ को वडा कमिटिले वडा विभाजनको प्रस्ताव गरेको छ । वडा समितिका संयोजक दिपेश राईको अध्यक्षतामा बसेको बैठकले वडालाई विभाजन गरेर २ वटा बनाउन नगरपालिका समक्ष प्रस्ताव गरेको हो ।

साविकको गोर्खे गाविस र जोगमाई गाविसको ८ र ९ मिसाएर वडा नं १ बनाइएको थियो । भौगोलिक रुपमा ठुलो वडा भएकाले सेवा लिन असहज भएकाले विभाजनको लागि प्रस्ताव गरिएको जनाइएको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा वडा नंं १ मा नेपाली कांग्रेसका राजकुमार सेरेङ वडाध्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार