Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लगिँदै

पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लगिँदै

  • सन्देश सम्वाददाता
  • बुधबार, असार २ २०७८


पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लगिँदै

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिँदै छ। खनाललाई आज मध्यान्ह साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको पारिवारिक स्रोतले जनाएको छ। ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाका अनुसार उनको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको छैन।  पछिल्लो पटक कोराना संक्रमण भए पछि काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराएर घर फर्केका नेता खनाललाई पुन ज्वरो आएको हो।

भिटामिन डी को अल्पताले लामो समय सताइएका खनाललाई प्रोष्टेटको शिक्षण अस्पतालमा गराइएको शल्यक्रिया बिग्रिएका कारण अमेरिकाबाट पुन गराइएको थियो। परिवारका एक सदस्यका अनुसार नर्भिकमा उपचार गराउँदा कुनै सुधार नआएकोले दिल्ली लैजान लागिएको हो। पहिले पनि खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार