माई । बैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेको इलामको माई नगरपालिका–४ का नरकुमार मगरले लकडाउनको समयमा समस्यामा परेका विपन्न तथा अपाङ्गता भएका परिवारलाई राहत स्वरुप खाध्यान्न सहयाेग गरेका छन् । मगरले स्थानीय नमुना युवा क्लब, करुणा फाउण्डेसन नेपाल र स्थानीय युबाहरुको समन्वयमा खाध्यान्न सहयोग गरेका हुन ।
संस्थाको समन्वयमा मगरका बुवा पुर्णबहादुर र छोरी मेनुकाले बिपन्न परिवारलाई खाध्यान वितरण गरेका थिए । सहयोग सामाग्रीमा प्रति परिवार २५ केजी चामल, १ पोका तेल, १ केजी दाल, १ केजी नुन, १ केजी आलु रहेको छ । साउदी अरवमा रहेका नरकुमारले विपन्न र भोका भएकाहरुलाई सहयोग गर्न पाएकोमा खुशी लागेको बताए।
सहयोग सामाग्रीको सम्पुर्ण ब्यवस्थापन नरकुमारकी श्रीमति कविता मगरले गरेकी थिइन् । सहयोग हस्तान्तरण कार्यक्रममा सहजीकरण करुणा फाउन्डेसन नेपालका समुदाय संयोजक विमल दहाल, नमुना क्लबका कोवित दहाल, श्याम मगर, ध्रुव सोराली, युवराज दहाल, भरत श्रेष्ठ, जीवन ढकाल, नबिन अधिकारी, टंक शर्मा , सोम घिमिरे, सन्जय दुलाल लगायतले गरेका थिए