फिक्कल : इलामको सूर्योदय नगरपालिका–९ रम्फोकबाट शसस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको ४० बोरा युरीया मल र १२ कार्टुन कालो साबुन बरामद गरी भन्सार दाखिला गरेको छ । बेवारिसे अवस्थामा राखीएको उक्त मल र साबुन बिषेश सुराकीका आधारमा पक्राउ गरी हिजै पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको हो ।
शसस्त्र प्रहरी आईतबारेको टोलीले उक्त सामान बरामद गरी भन्सार बुझाएको जनाइएको छ । भन्सार छलेर ल्याइएको उक्त सामान कस्को हो भन्ने केही खुलेको छैन । बरामद भएको सामान २४ हजार ८०० रुपैया बराबरको रहेको जनाईएको छ ।