इलाम । नेपाल मा घुम्नै पर्ने प्रमुख गन्तव्यस्थलमा पर्दछ इलामको कन्याम । चिया बगानलाई चिरेर गएको नागवेली मेची राजमार्गले अझ बढि निखारता ल्याएको छ । कोरोना कहरका बिच कन्यामको दृश्य यतिबेला फेरिएको छ । देशैभर निषेधाज्ञा चलिरहेको बेला इलामको कन्याम पनि सुनसान छ ।

यसै मेसोमा कन्याम वरिपरि पूर्वाधार विकास निर्माणलाई निरन्तरता दिँदै कन्यामको स्वरुप परिवर्तन गरिएको हो ।सडकको स्तरोन्नति, रंगरोगन गरिएपछि कन्यामको सुन्दरतामा थप रौनक आएको छ । त्यसै पनि कन्याममा फोटो खिच्ने र भिडियो बनाउनेको भीड नै लाग्ने गर्छ ।निषेधाज्ञामा कन्याम फेरिएपछि फेरि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । निषेधाज्ञा भए पनि फेरिएको कन्याम जाने पर्यटकमा कमी आएको छैन ।


