फाकफोकथुम । आजदेखि फाकफोकथुम गाउँपालिका वडास्तरीय ६३ देखि ६४बर्ष समुहका नागरिकहरूलाई भेरोसेल खोप पहिलो चरणको खोप लगाउन सुरु गरिएको छ । पहिलो दिन विभिन्न वडाका गरी ५६ जनालाई खोप लगाइएको छ । एकतप्पा स्वास्थ्य चौकीमा ३ महिला र ७ पुरुष गरी १० जनाले खोप लगाएका छन् ।
फाकफोक स्वास्थ्य चौकीमा ३ महिला र ७ पुरुष गरी १० जना, फुएतप्पा स्वास्थ्य चौकीमा ८ जना महिला र १० जना पुरुष गरी १८ जना, लुम्दे स्वास्थ्य चौकीमा ६ जना महिला र ४ जना पुरुष गरी १० जना र आमचोक स्वास्थ्य चौकीमा २ जना महिला र ७ जना पुरुष गरी ९ जनाले खोप लगाएको फाकफोकथुम स्वास्थ्य चौकीका प्रमुख याम बहादुर बस्नेतले जानकारी दिए ।