Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

फिक्कल केबल मार्फत वितरित डोएन टिभी प्रति कन्यामबासी असन्तुष्ट

फिक्कल केबल मार्फत वितरित डोएन टिभी प्रति कन्यामबासी असन्तुष्ट

  • गोपाल गिरि
  • बुधबार, जेष्ठ २६ २०७८


फिक्कल केबल मार्फत वितरित डोएन टिभी प्रति कन्यामबासी असन्तुष्ट

कन्याम । फिक्कल केबल नेटवर्क मार्फत वितरित डोएन टिभीमा बारम्बार समस्याको बारेमा गुनासो बढ्दै जान थालेको छ । फिक्कल केवल नेटवर्क मार्फत घर घरमा जडान गरिएको डोएन टिभीमा बारम्बार समस्या आइरहेको कन्याम क्षेत्रका सेवाग्राहीहरुले गुनासो गरेका हुन् ।

वार्षिक ३०००रुपैया शुल्क तिरेर टिभी हेर्दै आएका सेवाग्राही विराज तामाङले नविकरण शुल्क बुझाएर आएपनि समयमा केवल संचालन नभएको गनासो गरे । उनी जस्तै कन्याम क्षेत्रका डोएन टिभीका ग्राहकहरुले २२ दिन यता केवल मा आएको समस्याका कारण शुल्क बुझाएपनि सेवा लिन समस्या भएको गुनासो गरेका छन् । झापाको विर्तामोड मुख्यालय रहेको स्पेशलिंक केबलको डोइन टिभीले ग्राहकबाट अग्रिम शुल्क लिएर भनेजस्तो सेवा नदिई ठगी गरिरहेको उनको बुझाइ छ ।

समस्याको बारेमा कार्यालय मा पटकपटक सम्पर्क गरि जानकारी गराउदा पनि फोन नउठाउने तथा स्वीच अफ राख्ने गरेको भन्दै कन्याम क्षेत्रका ग्राहकहरुले असन्तुष्टि जाहेर गरेका छन् । सूर्योदय नगरपालिका क्षेत्रका धेरै ग्राहकले स्पेशलिंकको डोइन टिभी र इन्टरनेट जडान गरेका छन् । तर , त्यस केबल र इन्टरनेटको सेवाप्रति धेरैको असन्तुष्टि बढ्दै गएको छ ।

यता फिक्कल केवल नेटवर्कका प्रमुख डिल्ली थेवेले कन्याम क्षेत्रमा वितरित केवलमा आएको समस्या बारे जानकारी नभएको बताए । उनले आज नै मर्मतका लागि कर्मचारी खटाउने बताए । ‘कोभिडको महामारीका कारण टाढा टाढा सेवा विस्तारमा समस्या छ । कन्याम क्षेत्रमा भएको समस्याको बारेमा आजै पठाएर समाधानको प्रयास गर्छौ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार