फिक्कल । सूर्योदय नगरपालिकाका युवाहरुले कोभिडको सन्र्दभमा देखिका समस्या र समाधानका लागि गर्न सकिने प्रयासको बारेमा नगरप्रमुखको ध्यानार्कषण गराएका छन् । १४ वटै वडाका सक्रिय युवाहरुको स्वतन्त्र समुह खडा गरी भर्चुअल माध्यमबाट छलफल गरेर निकालिएको समस्या र समाधानका सम्भावित उपायको बारेमा ध्यानार्कषण गराइएको समुहका सदस्य चेतन अधिकारीले जानकारी दिए ।
युवा समुहले बैंक तथा वितिय संस्थाले दबाब दिइरहेको, लकडाउनको मौका छोपेर कालोबजारी मौलाएको, कृषि उत्पादनले उचित मुल्य नपाएको, मदिरा पसलहरु रातभरी खोल्ने गरिएको, सिमा क्षेत्रबाट भारत तर्फ आवतजावत नरोकिएको लगायतको १४ बुदे समस्याहरु पहिचान गरेको छ । ती समस्याहरुको समाधानका लागि गर्न सकिने प्रयासहरुलाई लिखित रुपमा नगर प्रमुखलाई ध्यानार्कषण गराएको बताइएको छ ।




