Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

विषालु जंगली च्याउ खाँदा इलाममा चार जना विरामी

विषालु जंगली च्याउ खाँदा इलाममा चार जना विरामी

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ २३ २०७८


विषालु जंगली च्याउ खाँदा इलाममा चार जना विरामी

इलाम । विषालु जंगली च्याउ खाएर इलाममा ४ जना बिरामी भएका छन् । सन्दकपुर गाउँपालिका–१ का खोलाघारीका जितबहादुर राई र टिकाबहादुर राई, इलाम नगरपालिका–३ पुवामझुवाका बिरमान राई र उनकी श्रीमती बिष्णुकुमारी राई बिरामी भएका हुन् । जितबहादुर र टिकाबहादुरले शनिबार जंगलबाट खोजेर ल्याएको च्याउँ बिरमानको घरमा पकाएर खाएका थिए ।

जंगली च्याउ खाएर विरामी भएका उनीहरुलाई उपचारको लागि इलाम अस्पताल ल्याइएकोमा स्वास्थ्य अवस्था गम्भिर भएपछि थप उपचारको लागि झापा स्थित बिएन्डसी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । चार जना मध्ये जीतबहादुर र टीकाबहादुरको अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

याे पनि पढ्नुहाेस् :

ज्यानै जान सक्छ विषालु च्याउ खाँदा, कसरी जोगिने ?

प्रतिक्रिया
सम्बन्धित समाचार