सन्दकपुर । विश्व वातावरण दिवसको अवसरमा सन्दकपुर गाउँपालिका परिसरमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम गरिएको छ । गाउँपालिकाको परिसरमा चाँप कटुस लगायतका विरुवा र लोपोन्मुख प्रजातीको सुनाखरी रोपिएको गाउँपालिका अध्यक्ष उदयबहादुर राईले जानकारी दिए ।
तिव्र रुपमा वनजंगल विनास हुँदा जाँदा वातावरण प्रतिकुल प्रभाव परेको कारण गाउँपालिकाकाले स्थानीय जातका विरुवाहरुलाई संरक्षण गर्दै खाली स्थानमा रोपण अभियान नै चलाएको राईले बताए ।