Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पुवाखोलामा भेटिएको वेवारिसे शवको पहिचान खुल्यो

पुवाखोलामा भेटिएको वेवारिसे शवको पहिचान खुल्यो

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ २१ २०७८


पुवाखोलामा भेटिएको वेवारिसे शवको पहिचान खुल्यो

इलाम । इलाम नगरपालिका वडा नं–१ पुवाखोलाको पिपुल्स हाइड्रो पावर नजिक बेवारिसे अबस्थामा रहेको भेटिएको महिलाको शवको पहिचान खुलेको छ । इलाम नगरपालिका–८ तिल्केनी बस्ने उजुर बहादुर तामाङको श्रीमती ४० वर्षिय डम्मरी तामाङको शव रहेको मृतकको आफन्तले पहिचान गरेको प्रहरीले जनाएको छ ।

आज तामाङको शाव सदगतको लागी आफ्नै छोरीले लिएर गएको प्रहरीले जनाएको छ । मृतक तामाङको मानसिक सन्तुलन ठिक नभएको जनाइएको छ । बुधबार प्रहरीले वेवारिसे अवस्थामा फेला पारेको शव इलाम अस्पतालको शवगृहमा राखिएको थियो । शव सडेको अवस्थामा रहेकोले पहिचान नखुलेको भन्दै जिल्ला प्रहरी कार्यालयले पहिचान भएमा सम्पर्क गर्न सर्व साधारणलाई अनुरोध गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार