Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा निषेधाज्ञा जेठ ३१ गतेसम्म थप

इलाममा निषेधाज्ञा जेठ ३१ गतेसम्म थप

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ २१ २०७८


इलाममा निषेधाज्ञा जेठ ३१ गतेसम्म थप

इलाम । इलाममा निषेधाज्ञाको समयावधि फेरि थप गरिएको छ । उच्चदरमा फैलिदै गइरहेको कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण, र उपचारको लागि जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले निषेधाज्ञाको समयावधि जेठ २२ देखि ३१ गते राति १२ बजे सम्मका लागि थप गर्ने निर्णय गरेको हो ।

यसअघि जेठ १२ गते देखि २२ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले जारी गरेको सुचना अनुसार निषेधाज्ञाको समयावधिमा औषधि उपचारलगायतको अत्यावश्यक कामका लागि बाहेक घरबाहिर निस्कन र हिँडडुल गर्न निषेध गरिएको छ । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्लोस, स्वमिङपुल, सपिङमल, मनोरञ्जन स्थल, सैलुन, व्यूटि पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय आदी सञ्चालन गर्न पाईने छैन ।

बजारमा विक्री हुने तरकारी तथा फलफुलहरुको हकमा स्थायी रुपमा निर्माण भएका स्थान वा पसलबाट स्वास्थ्य मापदण्डको पालना गरि बिक्री गर्न सकिने भएको छ । विकास निर्माणको कामहरु तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै कार्यस्थलमा श्रमिहरुको लागि आवासिय व्यवस्था गरेर संचालन गर्न सकिनेछ ।

खाध्यान्न, तरकारी, फलफुल, दुध तथा दुग्द्यजन्य पदार्थ, मासु तथा मासुजन्य पदार्थ, पशुपंक्षीको दाना, अण्डा वा चल्ला बोकेको र कृषिजन्य उपज बोकेको सवारीसाधन गन्तव्यस्थल बाहेक अन्यत्र रोक्न नपाइने भएको छ । नेपाल सरकारबाट खुल्ला गरिएको अन्तराष्ट्रिय प्रवेश बिन्दु पशुपतिनगर नाकाबाट आवतजावत गर्न सरकारले तोकेको मापदण्ड पुरा गर्नुपर्नेछ । अन्य नाका वा गौडाबाट आवतजावत निषेध गरिएको छ ।

आदेशको अवज्ञा गरेको खण्डमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम दण्ड सजाय हुने जनाइएको छ । जिल्लामा हाल संक्रमितको संख्या १ हजार २ सय नाघेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार