इलाम : इलाम नगरपालिका वडा नं १ मा पर्ने पुवाखोलाको पुवाखोला पिपुल्स हाइड्रोपावर नजिकै एक वेवारिसे शव फेला परेको छ । शव कुहिएर सडेको अवस्थामा भएकाले चिन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । अन्दाजी ३५ देखि ४० वर्षको महिलाको शव अहिल इलाम अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।
कोही चिन्ने जान्ने भए जिल्ला प्रहरी कार्यालयको टेलिफोन नं। १०० मा या ९८५२६९००३० र ९८५२६८०७१० मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।