Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रियसभा उपनिर्वाचन : स्थानीय तर्फ विपक्षी उम्मेदवारको अग्रता

राष्ट्रियसभा उपनिर्वाचन : स्थानीय तर्फ विपक्षी उम्मेदवारको अग्रता

  • सन्देश सम्वाददाता
  • सोमबार, जेष्ठ १७ २०७८


राष्ट्रियसभा उपनिर्वाचन : स्थानीय तर्फ विपक्षी उम्मेदवारको अग्रता

दाङ ।  लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दुगनारायण पाण्डेले अग्रता बनाएका छन्। स्थानीय तह तर्फको मतगणना सकिँदा पाण्डेले १ सय १८ मत ल्याउँदा उनको प्रतिस्पर्धी नेकपा एमालेका चन्द्रबहादुर खड्काले ९३ मत पाएका छन्।

मतभार गणना गर्दा पाण्डेले २१२४ र खड्काले १६७४ पाएका छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका विपक्षी गठबन्धनका तर्फबाट पाण्डे र एमालेका तर्फबाट खड्का उम्मेदवार छन् । उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी २१७ गरी जम्मा ३ सय जना मतदाता रहेकोमा २ सय ९७ मत खसेको छ।

तीन जना मतदाता अनुपस्थित रहे। निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा,धवल शम्शेर राणा,गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा र बाँकेको नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साह अनुपस्थित रहेका थिए।

जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका कल्पना पाण्डे, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले पूरक मतदाताको रुपमा मतदान गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार