इलाम । ‘इलामेलीहरुको पिडामा मलम पट्टी’ अभियानका लागि जिल्ला सहकारी संघले १ लाख ७ हजार रुपैया सहयोग प्रदान गरेको छ । संघमा आवद्ध इलाम नगरपालिकाका १६ वटा सहकारीबाट रकम संकलन गरेको हो । संकलित रकम बाट कोरोना प्रभावित इलाम का दश वटै पालिकालाई स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गराउन उधोग बाणिज्य संघ इलामलाई नगद हस्तान्तरण गरिएको छ ।
जिल्ला सहकारी संघ, इलामकी अध्यक्ष बिष्णु दहालले उधोग बाणिज्य संघ इलामका अध्यक्ष ईश्वर चिपालुलाई हस्तान्तरण गरेको अभियान्ता साथै उद्योग बाणिज्य संघ इलामका बरिष्ठ उपाध्यक्ष कृष्ण पौडेलले जानकारी दिए । अभियान मार्फत देश विदेशमा रहेको इलामेलीहरुले स्वास्थ्य सामाग्री खरिदका लागि बजेट पठाउँदै आएका छन् ।
