Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

आज गणतन्त्र दिवस ! स्थापना निम्ति यसरी भयो ७ दशकसम्म संघर्ष

आज गणतन्त्र दिवस ! स्थापना निम्ति यसरी भयो ७ दशकसम्म संघर्ष

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ १५ २०७८


आज गणतन्त्र दिवस ! स्थापना निम्ति यसरी भयो ७ दशकसम्म संघर्ष

इलाम । आज नेपालमा १४ औं गणतन्त्र दिवस मनाइँदै छ। संविधानसभाको पहिलो बैठकले वि.सं. २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइने गरिएको हो। झन्डै २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ।

जहानियाँ राणा शासनको जग्जगीका बेला स्थापना भएको नेपाली कांग्रेसले प्रजातन्त्र स्थापनालाई मुख्य लक्ष्य बनाउँदै संविधानसभाबाट संविधान जारी गर्ने योजना सार्वजनिक गरेको थियो। वि.सं. २००७ फागुन ७ गते राजा त्रिभुवनले संविधानसभा निर्वाचनको शाही घोषणा गरेपनि त्यो पूरा हुन सकेन। वि.सं. २०१५ मा संसदीय निर्वाचन भई प्रथम जननिर्वाचित सरकार गठन भएपनि त्यसले १८ महिनाभन्दा बढी काम गर्न पाएन।

राजा महेन्द्रले वि.सं. २०१७ पुस १ गते प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई शाही नेपाली सेनाको शक्तिका भरमा नजरबन्द गरी निर्दलीय पञ्चायती शासन लादेका थिए। प्रजातन्त्र पुनःस्थापनाका लागि भएको ३० वर्ष लामो संघर्षका समयमा संविधानसभाको मुद्दा ओझेलमा प¥यो। वि.सं. २०४६ चैत २६ गते राति प्रजातन्त्र पुनःस्थापना भयो भने यसपछि वि.सं. २०४८ मा संसदीय निर्वाचन भयो।

तत्कालीन नेकपा (माओवादी) ले वि.सं. २०५२ फागुन १ गतेदेखि शुरू गरेको सशस्त्र जनयुद्धका क्रममा संविधान सभाको मागलाई मुख्यरूपमा उठायो। कांग्रेसभित्र पनि संविधानसभा पार्टीकै पुरानो मुद्दा भएकाले द्वन्द्वको निकासका लागि सहमत हुनुपर्ने दबाब बढ्दै गयो। राजा ज्ञानेन्द्रले वि.सं. २०६१ माघ १९ गते शाही कदम चालेपछि संसद्वादी दल र माओवादीबीच कार्यगत एकता भयो। फलस्वरूप वि.सं. २०६२ मङ्सिरमा संसद्वादी दल र माओवादीबीच १२ बुँदे समझदारी भई पूर्ण लोकतन्त्र स्थापना निम्ति आन्दोलन शुरू भयो।

आन्दोलनको मूल मुद्दा वि.सं. २०५९ जेठ ८ गते विघटन गरिएको संसद् पुनःस्थापना हुनुपर्ने माग थियो। पुनःस्थापित संसद्बाटै संविधानसभा एवम् गणतन्त्रसम्मको यात्रा तय गर्न संसद्वादी दल र माओवादीबीच भित्री सहमति भएको थियो। कार्यवाहक राष्ट्राध्यक्ष र देशको कार्यकारी प्रमुखका रूपमा कोइरालाले वि.सं. २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन सम्पन्न गरे। निर्वाचित संविधानसभाको वि.सं. २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षको इतिहास बोकेको राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो।
पुर्व प्रधानमन्त्रीद्धय खनाल र देउवाले दिए शुभकामना
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेकपा एमालेका बरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री झलनाथ खनालले २०६२–६३ को जनक्रान्तिबाट सदियौं देखिको सामन्ती, निरंकुश तथा एकात्मक राजतन्त्रात्मक प्रणालीको अन्त्य भई स्थपना भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन भएको बताए ।

https://www.facebook.com/jhalanath1950/posts/2928089204136754

उनले जनक्रान्तिकै म्यान्डेट बमोजिम संविधान सभाको निर्वाचन र संविधान निर्माण गरेपश्चात कार्यान्वयन गर्ने सन्दर्भमा केन्द्र, प्रदेश र स्थानीय तहको गठन महत्वपूर्ण उपलब्धीहरु भएको बताए । तर उपलब्धीहरुलाई संस्थागत गर्दै अघि बढ्ने क्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त गर्ने गरी २०७७ पुस ५ र २०७८ जेष्ठ ८ गते प्रतिनिधिसभा विघटन गरी संवैधानिक ’कु’ गरी मुलुकलाई प्रतिगमनमा धकेलेको आरोप लगाए । इतिहासमा राष्ट्रघाती र प्रतिगमनकारी कदम चालेर सिंगो कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने पात्रका रुपमा के.पी. ओलीले आफूलाई स्थापित गरेको खनालले बताए ।

विज्ञप्तीमा भनेका छन् ‘हामी जस्ता हजारौ लाखौं कार्यकर्ताको बलिदानिबाट बनेको पार्टीलाई एकातिर दलाल पुँजीपति वर्गको पार्टी जस्तो बनाउदै विचौलिया, दलाल, माफिया र भ्रष्टाचारीहरुलाई पक्षपोषण गरिरहेका छन् । भने अर्कातर्फ निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि कारबाहीको डण्डा चलाउँदै निरंकुश तानाशाही प्रवृति देखाइरहेका छन् । यस क्रियाकलापबाट उनी पार्टीको संगठनलाई ध्वस्त बनाउन र मुलुकलाई अस्थिरताका साथै दक्षिणपन्थी भास तर्फ लैजान उद्धत छन् भन्ने कुरा प्रष्ट हुन्छ ।’

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर मुलुकलाई आर्थिक समृद्धिको मागमा अग्रसर गराउर्दै लोकतान्त्रिक संस्कार संस्कृति मुल्य र मान्यताका आधारमा समतामुलक समजाको निर्माण गर्न गणतन्त्र दिवस प्रेरणा बन्ने बताए ।

उनले देशको राष्ट्रपति र प्रधानमन्त्रीको संस्कार र व्यवहार तदनुकुलकाृ बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपरेको बताए । देउवाले कोभिड–१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितीको सामना गरिरहँदा जनताको जिवनप्रति सरकार सर्वथा उदासिन र संवेदनाहिन भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार