Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

झलनाथ–माधव सहितका नेतालाई पार्टीबाट गरिएको निष्काशनको भत्सर्ना

झलनाथ–माधव सहितका नेतालाई पार्टीबाट गरिएको निष्काशनको भत्सर्ना

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ १४ २०७८


झलनाथ–माधव सहितका नेतालाई पार्टीबाट गरिएको निष्काशनको भत्सर्ना

इलाम : नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरुलाई पार्टीबाट गरिएको निष्काशनको जिल्ला कमिटि इलामले भत्सर्ना गरेको छ । पार्टीको विकास र विस्तामा योगदान गरेका नेताहरु एवम सांसद गरी ११ जनालाई पार्टीबाट गरिएको निष्काशन र १२ जनालाई सोधिएको स्पष्टिकरणलाई झलनाथ–माधव समुहले निरंकुश तानाशाही निर्णयको भनेको छ ।

अध्यक्ष भक्त केसीले प्रेस विज्ञप्ती जारी गर्दै नवौ महाधिवेशनको माग निर्देशन र पार्टीको विधानको ठाडो उल्लंघन गर्दै कथित राष्ट्रिय महाविधवेशन आयोजक कमिटी गठन गरी अध्यक्ष बनेका केपी ओलीबाट एकपछि अर्को स्वेच्छाचारी काम भइरहेको आरोप लगाए ।

विज्ञप्तीमा भनिएको छ ‘  पार्टी महाधिवेशनको निर्णय र पार्टी विधान अनुरुप पार्टी संचालन हुनुपर्ने आवाज उठाउने पार्टीका नेता कार्यकर्ता र सांसदहरु विरुद्ध अत्यन्त निरंकुश र हैकमवादी शैलीले पटक पटक कर्थित कारवाहीको डण्डा चलाइएको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार