इलाम । नेकपा एमालेका बरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री झलनाथ खनालले बुद्ध जयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड साकेला, साकेन्वा उभौली २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन्। खनालले सामाजिक सञ्जाल मार्फत शुभकामना दिँदै भनेका छन् ‘२५६५ औं बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु साथै विश्वभरका सम्पुर्ण बौद्धमार्गीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेशहरुलाई आत्मसात गर्दै राष्ट्र साथै विश्वलाई नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको बाटोमा लम्कन सबैलाई म आह्वान गर्न चाहन्छु । साथै आज नै परेको किरात समुदायको महान् सांस्कृतिक चाँड साकेला, साकेन्वा उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’
https://www.facebook.com/jhalanath1950/photos/a.1724869544458732/2925947084350966/