इलाम । कांग्रेसका नेता भेसराज आचार्यले इलाम अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेका छन । सदरमुकाममा रहेको जिल्लाकै एकमात्र ५० शैयाको अस्पताललाई पन्द्र थान अक्सिजन ग्यास भरिएको सिलिण्डर उपलब्ध गराएका हुन । आईतबार अस्पातलमा नै पुगेर नेता आचार्यले अस्पातलका प्रमुख प्रभु शाह र व्यवस्थापक क्षितिज खतिवडालाई उक्त सामाग्री हस्तातरण गरेका हुन ।
आचार्यले हस्तातरण पछी कुरा गर्दै भने ” कोरोना भाईरसका कारण यो बिशम परिस्थितीमा बिरामी हुँदा इलामका नागरिकहरुलाई उपचारमा केही हद सम्म भएपनी यस्ले ठुलो मद्द्त मिल्ने भएकाले उपलब्ध गराएको हुँ । यो सानो सहयोग अहिलेको अवस्थामा अस्पतालका लागि ठुलो हुने छ । ” आचार्यले यो मात्र नभएर इलामका नागरिकलाई जस्तोसुकै परिस्थितीमा समेत सहयोग गरिरहने बताएका छन ।
करिब तिन लाख मुल्य बराबरको उक्त सामाग्री अनुसन्धान तथा बिकास नेपाल सस्था मार्फत खरिद गरेर ल्याइएको हो । इलाममा संक्रमितको संख्या ६२८ पुगेको छ । पछिल्लो समय गाउँमा संक्रमण बढ्दै गएको देखिन्छ भने शहरमा घट्दै गएको देखिन्छ ।
कांग्रेसका युवा नेता डम्बर खड्का द्वारा कोरोनाका बिरामीलाई निशुल्क यातायत सेवा
नेपाली कांग्रेसका युवा नेता तथा इलामका सक्रिय समाजसेवी डम्बर खड्काले कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमणका बिरामी र अन्य रोगका बिरामीहरुलाई अस्पताल, आईसोलेसन र घर ल्याउन र लैजान निशुल्क यातायत सेवा दिने भएका छन् । इलाम नगरपालिका सात स्थायी घर भएका खड्काले इलाम जिल्लाबासीहरु कोरोना भाइरस संक्रमित भएमा र अन्य रोगले बिरामी भएमा उक्त सेवामा पहिलो प्राथमिकता दिने बताएका छन् ।

खड्का भन्छन्,“ हामी सबैको पहुचमा एम्बुलेन्स पुग्दैन भनेर मैले यो काम गरेको हुँ । यो माहामारीमा धेरैले रोजगार गुमाउनुपरेको छ सबै संँग पैसा हुदैन त्यसैले पनि बिरामी परेको अबस्थामा एम्बुलेन्स खर्चमात्र जेगिदा समेत बिरामी र उनको परिवारलाई ठुलो राहत हुने हुदा यो अभियानमा लागेको हुँ । ”
खड्का दुखी गरिबको सेवा गर्नपाउदाँ उत्यन्तै खुसी हुन्छन् । दोश्रो लहरको कोरोना भाइरस संक्रमण अबधिभर संक्रमित र अन्य रोगका बिरामीलाई निशुल्क आवतजावतको सेवा दिने खड्काका सहयोगी शिब कुमार थापाले जानकारी दिए । थापाका अनुसार यो सेवा जिल्लाभर दिइने छ । यदि कोही त्यस्ता संक्रमित र बिरामी भएमा समाजसेवी खड्कालाई र उनका सहयोगी थापालाई इलामबासीलेफोन सम्पर्क गरेर सेवा लिन सक्ने छन् ।
थापाको ९८१७९१७३०० र ९८४२६२७३३५ मा सम्पर्क सेवा गरेर निशुल्क सेवा लिन सकिने छ ।
गत सालको लकडाउनमा
कांग्रेसका युवा नेता खड्काले गत सालको लकडाउनमा पनि मजदुर र बिपन्न बर्ग समस्या परेको भन्दै इलाम बजार आसपासका क्षेत्रसहित जिल्लाका १० वटै स्थानीय तहमा काम गर्ने मजदुर र बिपन्न बर्गलाइ २० हजार किलो ग्राम चामलसहित नुन र २० हजार थान माक्स निःशुल्क बितरण गरेका थिए । नेपाली कांग्रेसका खेल्कुद बिभाग केन्द्रिय सदस्य तथा नेबिसंघका पूर्व केन्द्रिय उपाध्यक्ष समेत रहेका नेता खड्काले जिल्लामा अप्ठ्यारो परेका गरिव असाहयलाई बिगत लामो समय देखी सहयोग गर्दै आएका छन् ।
उनले बिरामी भई अस्पतालमा उपचार गराउन नपाएका देखि बिदेशमा अलपत्र परेका नेपालीलाई समेत सहयोग गर्दै आएका छन् । यतिमात्र नभएर खड्काले जिल्लाका मठ मन्दिर, गुम्बा लगायतका धार्मिक क्षेत्रमा आर्थिक सहयोग गरिरहेका छन् भने बिभिन्न स्थानमा सडक निर्माण लगायतका काममा समेत सहयोग गर्दै आएका छन् । गरीब दुखिकै सेवा गरिरहेका खड्का राष्ट्रिय सम्मान बाट सम्मानित समेत भईसकेका छन । खड्का इलाममा सन्चालित चियाबारी एफएमका अध्यक्ष तथा सफल निर्माण ब्यवसायी हुन् । नयाँ बुलन्द