Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाम अस्पतालमा अक्सिजन प्लान्टका लागि ७५ लाख

इलाम अस्पतालमा अक्सिजन प्लान्टका लागि ७५ लाख

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ ९ २०७८


इलाम अस्पतालमा अक्सिजन प्लान्टका लागि ७५ लाख

इलाम। इलाम अस्पतालमा अक्सिजन प्लान्ट खरिद र जडान गर्नका सरकारले ७५ लाख रुपैयाँ विनियोजन गर्ने भएको छ । रकम विनियोजनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । मन्त्रीस्तरीय निर्णय गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अर्थमन्त्रालयलाई स्रोत सुनिश्चिताका लागि पत्र लेखेको छ। भोलिसम्ममा अर्थले रकम विनियोजनको आधिकारीक पत्र दिने बताइएको छ ।

इलाम अस्पतालसँगै जिल्ला अस्पताल चौतारा, दैलेख, धनकुटा र जलेश्वरका लागि जनही ७५ लाख रुपैया अक्सिजन प्लान्ट खरिद र जडानको लागि स्वास्थ्य मन्त्रालयले अर्थलाई रकम सुनिश्चितताका लागि पत्राचार गरेको छ । संखुवासभामा ५ बेडको एचडियु खरिद र त्रिवि शिक्षण अस्पतालमा अक्सिजन ट्याङ्क खरिद र जडानका लागि जनही ८० लाख रुपैया बजेट विनियोजनका लागि निर्णय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार